ad ad

राजनीति


७० वर्षको उमेरहद उपयोगी भएन : ओली

७० वर्षको उमेरहद उपयोगी भएन : ओली

फाइल तस्बिर


नेपालखबर
असार २, २०८० शनिबार १६:२२, काठमाडौँ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपयोगी नभएकाले आफ्नो पार्टीले पनि ७० वर्षको उमेरहद हटाउने निर्णय गर्नु परेको बताएका छन्।

अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले शनिबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उमेरहद हटाउनपरेको बारे स्पष्टिकरण दिए।

७० वर्ष माथिकाले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोडनुपर्ने अप्ठ्यारो अवस्था आएको, कतिपय अन्य पार्टीबाट आएका नेताहरुलाई पनि जिम्मेवारी दिनुपर्ने भएकाले त्यो उमेरहद हटाउने निर्णय गर्नु परेको ओलीको स्पष्टिकरण दिए।

‘थुप्रै साथीहरु यो ७० वर्ष छ भनेपछि हच्किएका हुन्छन। कामै गर्न नपाउने ७० वर्ष पुगेपछि। राजनीति नै छोडनुपर्ने स्थिति, कमिटी नै छोडनुपर्ने स्थितिभएपछि यो ७० वर्ष अप्ठ्यारो भयो, ओलीले भने, ‘कतिपय साथीहरुलाई आउन, उहाँहरुलाई एकजष्ट गर्न, उहाँहरुलाई जिम्मेवारी दिन पनि हामीले ७० वर्ष हटाई दिन पर्‍यो।’

उनले चीनलगायतका दुनियाँका सबै पार्टीहरुले परित्याग गरिसकेको ७० वर्षे उमेरहद हटाउने निर्णय एमालेले गर्दा त्यसको विरोध गर्न आवश्यक नभएको बताए।

केहीले पार्टीको सो निर्णयको विरोध गरेर अराजनीतिक कुरा गरेको आरोप समेत उनले लगाए। 

अध्यक्ष ओलीले पार्टीका युवाहरुलाई ७० वर्ष कटेकाहरुसँग प्रतिस्पर्धा गरेर महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव बन्न कसले रोकेको छ? भनि प्रश्न समेत गरे। 

काम गर्न सक्छन भने ७० वर्ष कटेकाहरुलाई पार्टी भित्र प्रतिबन्ध लगाउनुपर्ने कुनै कारण नरहेको ओलीको तर्क थियो। काम गर्न सक्नेलाई उमेरहदको नाममा जिम्मेवारीबाट रोक्नुपर्ने कुनै कारण नरहेको पनि पटकपटक दोहो¥याए।

‘७० वर्ष कहिँपनि छैन दुनियाँमा। अमेरिकामा छ। ८० वर्षको मान्छेले राष्ट्रपति चलाई राखेको छ। अनि, शेरबहादुर देउवाजी ७७, ७८ कति वर्ष हो? चलाई राख्नु भएको छ। कतै पनि छैन ७०। हाम्रोमा हामीले राखेका थियौं,’ उनले भने, ‘हामीलाई पनि उपयुक्त भएन । यसले प्रगति गर्न अप्ठ्यारो पा¥यो। त्यसकारण हामीले हटाउने भन्यौं। यसमा फेरी हाम्रा साथीहरु किन यो ७० हटाउने कुरा भएन के?’

महाधिवेशनमा मन लागेका जतिले अध्यक्ष बन्न पाउने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .