सशस्त्र प्रहरी बलले ‘दुई वटा गाडीमा तीन महिनामा ६ करोडको तेल हालेको’ भन्ने समाचारको खण्डन गरेको छ।
सशस्त्रले विहीबार विज्ञप्ति प्रकासित गरी इन्धन दुरुपयोग तथा सशस्त्र प्रहरी ऐनको मस्यौदामा अधिकार थप्न खोजेको भन्ने समाचारहरु निराधार भएको जनाएको छ।
सशस्त्र प्रहरी प्रवक्ता सुरजकुमार श्रेष्ठले प्रकासित गरेको विज्ञप्तिमा ति समाचारहरुमा कुनै सत्यता नरहेको दाबीसहित भ्रममा नपर्न सबैसँग आग्रह गरिएको छ।
यस्तै, दरबन्दी थप्न पनि सशस्त्रले पहल गरिरहेको भन्ने समाचारमा समेत सत्यता नरहेको स्पष्ट पारिएको छ।
विभिन्न सञ्चारमाध्यमहरुमा हालै प्रकासित समाचारमा सशस्त्रले इन्धनको चरम दुरुपयोग गरेको लगायतका समाचारहरु आएका छन्। सशस्त्रले ति समाचारहरु निराधार रहेको जनाउँदै संगठनका प्रवक्ता वा सूचना अधिकारीबाट पुष्टि गराएर मात्रै समाचार प्रकासित गर्न समेत आग्रह गरेको छ।
Shares

प्रतिक्रिया