ad ad

राजनीति


बजेटले कुनैपनि क्षेत्रका जनतालाई अन्याय गर्नु हुँदैन : सांसद पौडेल

बजेटले कुनैपनि क्षेत्रका जनतालाई अन्याय गर्नु हुँदैन : सांसद पौडेल

फाइल तस्बिर


नेपालखबर
असार १, २०८० शुक्रबार १५:६, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले वर्गिय, क्षेत्रिय र लिङ्गीय उत्पीडनको अन्त्य हुनेगरी बजेट आउनुपर्ने बताएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै सांसद पौडेलले बजेट सबै क्षेत्रमा समान रुपमा आउनुपर्ने बताए।

उनले आफुहरू वर्गिय, क्षेत्रिय, लिङ्गीय उत्पीडनको अन्त्य हुनेगरी राज्यको अग्रगामी पुनःसंरचना गर्नुपर्ने पक्षमा रहेको भन्दै त्यस्ता उत्पीडनको अन्त्य हुनेगरी बजेट आउनुपर्ने पनि बताए। 

मन्त्रीले दुई, चारवटा बजेट हाल्नु स्वभाविक भएपनि देख्न र हेर्नै नसक्नेगरी एक क्षेत्रमा मात्रै बजेट हाल्नु नहुने उनले बताए। 

बजेटले कुनैपनि क्षेत्रका जनतालाई अन्याय गर्नु नहुने बताए। उनले पुरानो व्यवस्था नफर्किने भन्दै अहिलेको प्रणालीलाई आक्रमण नगर्न आग्रह गरे। 

वर्तमान राज्यप्रणालीमाथि आक्रमण गर्नु संविधान विपरित हुने उनले बताए।

‘असफल भइसकेको, बगि सकेको खोला फर्किन्न भनेजस्तै। पड्किइसकेको गोली फर्किन्न भनेजस्तै त्यही प्रणाली फर्काउने र त्यतैपट्टी
केन्द्रीत भएर अहिलेको प्रणालीलाई हामीले आक्रमण गर्ने काम नगरौँ,’ उनले भने, ‘संविधानविपरित हुन्छ। यो बिन्दुबाट समाजवादी प्रणाली निर्माण गर्नको निम्ति अगाडी बढ्नु अबको आवश्यकता हो। यो जनताले ल्याएको व्यवस्था हो। त्यसकारण अगाडी बढ्नुको विकल्प छैन। अगाडी बढ्न त्यस प्रकारका रचनात्मक छलफल र बहशको खोजी गरेर अगाडी बढौँ।’

वर्गीय, क्षेत्रिय, लिङ्गीय उत्पीडनको अन्त्य हुनेगरी राज्यको अग्रगामी पुनःसंरचना भनेका छौँ । अनि एउटै क्षेत्रमा बजेट हाल्ने ।

उनले स्थानीय, प्रदेश र संघ सरकारका बिचमा नीति, कार्यक्रम र बजेटको सन्दर्भमा तादाम्यता नमिलेको पनि बताए।

‘मन्त्री भइसकेपछि दुई, चारवटा बजेट हाल्नुभएकोमा तपाईलाई जनताले भन्छन् स्वागतयोग्य कुरा हो। तर देख्नै नसकिने गरी नगरिदिनु होला। त्यसो गरे क्षेत्रीय रुपमा उत्पीडनमा परेका भुगोल, उत्पीडनमा परेका ठाउँहरु अन्यायमा पर्छ,’ उनले भने, ‘अन्याय नसहने भनेर यो संविधान बनाएको हो नि। फेरी यो प्रणालीमा आएर पनि कुनै क्षेत्रका जनतालाई अन्याय गर्‍यौँ भने त राम्रो हुँदैन नि।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .