ad ad

राजनीति


कृषकलाई उत्पादनका आधारमा अनुदान दिने तयारी गरेका छौं : अर्थमन्त्री महत

कृषकलाई उत्पादनका आधारमा अनुदान दिने तयारी गरेका छौं : अर्थमन्त्री महत

फाइल तस्बिर


नेपालखबर
जेठ ३२, २०८० बिहिबार १५:२५, काठमाडौँ

अर्थमन्त्री डा.प्रकाशशरण महतले कृषि उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताएका छन्।

बिहीबार अर्थ मन्त्रालयमा नेपाली किसानहरुले अर्थमन्त्रीलाई आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति आभार प्रकट गर्न पुगेको किसानहरुको टोलीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्। 

‘ज्येष्ठ १५ गते संसदमा प्रश्तुत आर्थिक विधेयकमा आलु प्याजमा लगाएको करको मुख्य उद्देश्य नै स्थानीय उत्पादनलाई नै प्रोत्साहन र संरक्षण गर्ने हो। कृषि लगायत अन्य उत्पादक कृषिकलाई एक तहको संरक्षण दिनुपर्छ भन्ने मान्यताका साथ प्रस्तुत गरिएको हो,’ अर्थमन्त्री महतले भने। 

उनले सरकारले विगतमा कृषि क्षेत्रमा दिने अनुदान वास्तविक किसानले अनुदान नपाएको भन्दै उत्पादन हेरेर अनुदान दिने व्यवस्था बजेटले गरेको पनि बताए।

‘यो करको व्यवस्थाले मुलतः आयातित वस्तुलाई नै महँगो बनाउँछ। स्थानीय उत्पादनलाई महंगो बनाउँदैन्। सुपर मार्केटमा त्यही खालका उपभोक्ताहरू पुग्ने गर्छन्,’ अर्थमन्त्री डा. महतले भने, छअहिले दैनिक उपभोग्य खाद्यवस्तु पनि आयात गर्नु पर्ने भन्ने बहस भइरहेको छ।’

अर्थमन्त्री महतले सरकारले तरकारीमा कर स्थानीय उत्पादन वृद्धि र संरक्षण गर्नकै लागि लगाएको दाबी गरे। 

‘मुलुकभित्रै उत्पादन बढौं। त्यसले रोजगारी पनि सिर्जना पनि हुन्छ।उत्पादनकर्ता पनि उत्साहित हुन्छन्। नेपाल आत्मानिर्भरता तर्फउन्मुख हुन्छौं भनेर प्रस्ताव गरिएको हो,’ उनले भने, ‘तर यहाँ जो संगठित समूहहरु छन्।उनीहरुको आवाज ठूलो हुन्छ। हरेक तहमा उनीहरु नै पहिला पुग्छन्।’ 

उनले सरकारले आयातित आलु, प्याज रोक्ने र स्थानीय उत्पादनको प्रोत्साहन र सरंक्षण गर्ने मुख्य उद्देश्य रहेको भन्दै बजेट आएपछि स्वार्थ समूहले गलत प्रचार गरिरहेको बताए। 

उनले आलु प्याजमा लगाएको करले उपभोक्ता मूल्यमा वृद्धि नहुने उल्टो मूल्य घट्ने बताए। 

‘धेरैलाई उपभोक्ता मूल्य बढ्ने भयो उपभोक्तालाई मर्का पर्ने भयो भन्ने प्रभावमा परेका छन्। सरकारले उपाय स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने हो। प्रोत्साहन गर्ने धेरै उपायहरू छन्,’ अर्थमन्त्री महतले भने, ‘त्यसमध्ये एउटा कर लगाउनु पनि एउटा उपाय हो। अरु उपाय थिएन। सरकारले कृषि क्षेत्रमा दिने अर्बौंंको अनुदानको सदुपयोग भएन  दुरुपयोग भयो। कागज देखाएर मात्रै अनुदान लिएका थिए अब त्यसरी हुँदैन।’

उनले करको व्यवस्थाले मुलतः आयातित वस्तु मात्रै महंगो हुने भन्दै स्थानीय उत्पादनलाई महंगो नबनाउने बताए।

अर्थमन्त्री महतले सुपर मार्केटमा त्यही खालका उपभोक्ताहरु पुग्ने भएकाले त्यहाँ कर लगाएको बताए। उनले सरकारसँग स्थानिय उत्पादनलाई प्रोत्साहन गर्न कर लगाउनुको विकल्प नभएकाले कर लगाएको बताए। 

उनले तरकारीमा कर लगाउने सरकारको कदम मुलुकलाई आत्मानिर्भर उन्मुख गराउने उद्देश्य रहेको बताए।

‘उत्पादनमा नै अनुदान दिने हो। त्यसमा पनि नयाँ टेक्नोलोजी प्रयोग गरिरहेको छ। उत्पादनको आधारमा अनुदान दिने सरकारको तयारी छ,’ उनले भने।

उनले सरकारले नयाँ टेक्नोलोजी प्रयोग गर्ने कृषकहरुलाई प्राथमिकतामा राखेर उत्पादन अनुदान दिने बताए। नेपाली किसानहरुले ढुक्क भएर उत्पादन बढाउन समेत आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .