ad ad

राजनीति


भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने पार्टी एमाले मात्रै हो : प्रदीप ज्ञवाली

भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने पार्टी एमाले मात्रै हो : प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली। तस्बिर : सुनिता विष्ट


नेपालखबर
जेठ ३२, २०८० बिहिबार १५:६, हेटाैंडा

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञावलीले आफ्नो पार्टीले भ्रष्टाचार गर्न नदिने र गर्नेले छुट नपाउने बताएका छन्।

नेकपा एमाले, मकवानपुर  जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेता ज्ञवालीले भ्रष्टाचारको उजागर गर्ने, भ्रष्टाचारीलाई कारवाही गर्ने र भ्रष्टाचार विरूद्व संघर्ष गर्ने पार्टी नेकपा एमाले मात्रै रहेको बताएका हुन्।

राष्ट्रियता रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, विकास र समृद्वि तथा सुशासनको बारेमा नेकपा एमाले कुनै सम्झौता नगर्ने उनले दाबी गरे।

पार्टीप्रति चौतर्फी घेराबन्दी हुनु, मुलुकमा भ्रष्टाचार व्यप्त हुनु, राष्ट्रियता कमजोर हुनु, लोकतन्त्रको विरूद्वका शक्ति सल्बलाउनु कुनै संयोग नभएर मुलुकलाई कमजोर बनाउने योजनावद्ध षडयन्त्र भएको दाबी समेत उनले गरे।

पार्टी सदस्य र कमिटीलाई चुस्त राख्दै जनताको समस्या र दुःखमा सहभागी भएर सबैखालका भ्रमहरूलाई चिर्दै नेकपा एमालेलाई सुदृढ बनाउँदा मात्र विरोधीहरूको जस्तोसुकै षडयन्त्र समाप्त पार्न सकिने महासचिव ज्ञवालीले बताए।

मकवानपुरमा बुधबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रमको बिहीबार(आज) समापन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .