ad ad

राजनीति


बजेटले जनस्तरमा विश्वास जित्न सकेन : सांसद ठाकुर गैरे

बजेटले जनस्तरमा विश्वास जित्न सकेन : सांसद ठाकुर गैरे

नेपालखबर
जेठ २२, २०८० सोमबार १७:३२, काठमाडौँ

नेकपा एमालेका सांसद ठाकुर गैरेले आगामी आर्थिक वर्षको बजेटले कुनै दिशानिर्देशन नगरेको बताएका छन्। सोमबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफmल गर्दै गैरेले निजी, सरकारी र सार्वजनिक क्षेत्रले सुरक्षित हुन नसकेको बताए। 

‘प्रतिपक्ष, अन्तर्राष्ट्रिय क्षेत्र र मिडियाको पनि विश्वास जित्न सकेको छैन, प्राप्त हुने बजेट तपाईंले खर्च गर्न सक्नुभएन, कोहीपनि आश्वस्त छैन,’ गैरेले भने। 

अर्थमन्त्री डा. रामशरण महतले विगतको इतिहासलाई नहेरि बजेट बनाएको पनि बताए। ‘तपाईंले प्रस्तुत गर्नुभएको बजेटले जनस्तरमा विश्वास जित्न सकेको छैन’, गैरेले भने।

उनले करको दर हेरफेरका विषमा आफूले सुनेको विषय स्वीकार्य हुन नसक्ने बताए।

‘करका दायरामा आज हामीले सुनेका विषय के हो? तपाईंको बजेटले कुनै दिशानिर्देश गरेको छैन। यस्तो हचुवा, गैरजिम्मेवार र जनविरोधी तरिकाले देशको न विकास हुन्छ, न समृद्धि हुन्छ,’ उनले भने।

आफूले सुनिरहेको विषय साँचो भए प्रतिवाद गर्ने उनले बताए। ‘मैले जे सुनिरहेको छु, यदी त्यही साँचो भएर आयो भने म अर्थमन्त्रीज्यूलाई भन्न चाहन्छु, स्वीकार्य हुने छैन। त्यसका विरुद्ध यहीँ अर्को प्रस्तुति गर्ने परिस्थितिको सिर्जना नहोस्,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .