राष्ट्रियसभाले पूर्वसांसद मीना पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।
आइतबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकले पूर्वसांसद पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो। त्यसैगरी बैठकमा उनको निधनप्रति शोक व्यक्त गर्न एक मिनेट मौनधारण पनि गरेको थियो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समेत रहेकी पाण्डे नेपाली कांग्रेसको तर्फबाट २०४८, २०५१ र २०७४ मा प्रतिनिधिसभा सदस्य साथै २०६४ को संविधानसभा सदस्य थिइन्। राष्ट्रियसभाको अर्को बैठक जेठ २२ गते सोमबार अपरान्ह एक बजेर १ मिनेटका लागि बोलाइएको छ।
21
Shares
प्रतिक्रिया