ad ad

राजनीति


‘गेरू वस्त्र’सहितको अवतार पुरानै हो : प्रधानमन्त्री

‘गेरू वस्त्र’सहितको अवतार पुरानै हो : प्रधानमन्त्री

तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ २०, २०८० शनिबार १९:३२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको मध्य प्रदेश राज्यस्थित उज्जेन सहरमा रहेको प्रसिद्ध महाकालेश्वर मन्दिरको पूजालाई ‘सांस्कृतिक कूटनीति’ को रुपमा बुझ्न आग्रह गरेका छन्। 

भारतको औपचारिक भ्रमण सकेर शनिबार साँझ नेपाल फर्किएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सो कुरा बताएका हुन्। 

उनले ‘गेरु वस्त्र’ लगाएर भारतका अर्बौं जनताको मन जित्ने काम आफूले गरेको बताए। 

‘म कम्युनिस्ट मात्र होइन, प्रधानमन्त्री पनि हो नि त। म सँग हुने सेक्युरेटिले सकेसम्म गेरु वस्त्र नलगाउन निकै बल गर्नुभयो। तर त्यहाँ लाउनैपर्ने नीति रहेछ। मैले त्यहाँ लाउँदिन भनेको भए के हो नेपाल सरकार भनेर भारतका अर्बौं मान्छेको मन खुसी भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

प्रधानमन्त्री प्रचण्डले उक्त अवतार आफ्नो पूरानो भएको पनि बताए।

‘नयाँ होइन यो मेरो पुरानै अवतार हो। म मुस्लिम कम्युनिटीको कार्यक्रममा गएर मुस्लिम भएको देख्नुभएको छ कि छैन? क्रिश्चियनको गिर्जा घरमा गएर मन्त्र जपेको फोटो छ कि छैनन्?,’ उनले भने,‘बुद्धिस्टकोमा जान हुने हिन्दूकोमा जान नहुने त हुँदैन नि।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .