प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बुधबार नयाँ दिल्लीस्थित नेपाली दूतावासद्वारा आयोजित स्वागतको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो प्रतिवद्धता जनाएका हुन्।
आफ्नो चार दिने भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड आजै दिल्ली पुगेका हुन्।
उनले भोली भारतका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारी गराए।
सो क्रममा केही सम्झौतामा हस्ताक्षर हुने पनि प्रधानमन्त्रीले बताए।
जेठ १७, २०८०, बुधबार
18
Shares
प्रतिक्रिया