ad ad

राजनीति


शीतल निवास पुगे कार्यवाहक प्रधानमन्त्री खड्का

शीतल निवास पुगे कार्यवाहक प्रधानमन्त्री खड्का

फाइल तस्बिर


नेपालखबर
जेठ १७, २०८० बुधबार १८:२०, काठमाडौँ

नागरिकता विधेयक जारी भइसकेपछिको विकसित परिस्थितिबारे छलफल गर्न कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का शीतल निवास पुगेका छन्।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएपछि रक्षामन्त्रीसमेत रहेका खड्का राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न शीतल निवास पुगेका हुन्।

प्रधानमन्त्री प्रचण्ड बुधबार दिउँसो चार दिने भारत भ्रमणका लागि दिल्ली पुगिसकेका छन्। उनी दिल्ली उड्नुअघि राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरिदिएका थिए।

अघिल्लो संसदको कार्यकालमा अघि बढाइएको विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटकसम्म रोकिदिएकी थिइन्।

तर नयाँ संसद् आएको अवस्थामा राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को आग्रहकै भरमा विधेयक प्रमाणीकरण गरिदिएका छ्न्।

यो विधेयकलाई संसद्‍मा ल्याएर आवश्यक प्रक्रिया पूरा गरिसकेपछि अघि बढाउने बाटो छाडेर कार्यपालिकाको आग्रहका भरमा राष्ट्रपतिले प्रमाणीकरण गरिदिएको भन्दै अहिले चर्को आलोचना भइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .