ad ad

राजनीति


टीकापुरमा मारिने प्रहरी र बालकले पनि न्याय पाउनुपर्छ : रेशम चौधरी

टीकापुरमा मारिने प्रहरी र बालकले पनि न्याय पाउनुपर्छ : रेशम चौधरी

नेपालखबर
जेठ १५, २०८० सोमबार ८:५६, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले लाल आयोगको प्रतिवेदन राज्यले सार्वजनिक गर्नुपर्ने बताएका छन्।

गणतन्त्र दिवसका अवसरमा आममाफी पाएपछि रिहा भएका चौधरीले सोमबार बिहान डिल्लीबजार कारागार बाहिर सञ्चारकर्मीसँग बोल्दै लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुने राज्यको दोष भएएको बताए।

सर्वोच्च अदालतको आदेश र कानुन मानेरै आफूहरू जेल बसेको बताउँदै उनले सरकारले नै गठन गरेको लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुनु दुखद् भएको बताए। सत्य तथ्य सार्वजनिक गरी टीकापुरमा मारिने प्रहरी र अढाइ वर्षीय बालकले पनि न्याय पाउनुपर्ने उनले बताए।

'लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ,' उनले भने, 'सहादता प्राप्त गरेका प्रहरी परिवारले पनि न्याय पाउनुपर्छ, अढाइ वर्षीय बच्चा टेकबहादुर साउदको आत्माले पनि पुण्य प्राप्त गर्नुपर्छ, र उहाँहरूका लागि हामीले पनि लडिदिनुपर्छ।'

उनले विपक्षीहरूले सोचेजस्तो यो घटना हो/होइन भन्ने अन्तिम सत्य थाहा पाउनुपर्ने बताए।

'आफ्नो श्रीमान् कसरी मरे, आफ्नो दाइ-भाइ कसरी मारिए, आफ्नो बच्चाले कसरी सहादता प्राप्त गर्‍यो? अन्तिम सत्य परिवारले थाहा पाउनुपर्छ,' उनले भने। यसका लागि आफूले पनि उनीहरूलाई सघाउने आश्वासन उनले दिए।

आन्दोलनको भिडिओ‌ हेर्न अनुरोध गर्दै उनले उनीहरूले सोचेजस्तो दोषी आफूहरू नभएको दाबी उनले गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .