टीकापुर हत्याकाण्डको आरोपमा जेल परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन्।
रिहा भएपछि डिल्लीबजार कारागारमा उनलाई लिन पार्टीकी अध्यक्ष तथा भूमि, व्यवस्था, सहकारी गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठसहित कार्यकर्ताहरू पुगेका छन्।
गणतन्त्र दिवसका अवसरमा रेशमले राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाउने भएपछि उनका समर्थकहरू सोमबार बिहानैदेखि स्वागतका लागि डिल्लीबजार कारगार पुगेका थिए।
रेशम उन्मुक्त भएपछि उनी प्रशन्न देखिन्थे। उनले उक्त रिहाइ स्वभाविक भएको तर ढिलो भएको अभिव्यक्ति दिए। प्रहरी परिवार, २ वर्षीय बालकको परिवारले समेत न्याय पाउनेगरी असली दोषीलाई कारबाही हुनुपर्ने उनले बताए।
उनलाई स्वागत गर्न पुगेका उन्मुक्तिका कार्यकर्ताहरू प्रशन्न मुद्रामा देखिन्थे।
तस्बिहरू:
जेठ १५, २०८०, साेमबार
90
Shares
प्रतिक्रिया