ad ad

राजनीति


चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखसँग माओवादी उपाध्यक्ष सापकोटाको भेटवार्ता

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखसँग माओवादी उपाध्यक्ष सापकोटाको भेटवार्ता

नेपालखबर
जेठ ११, २०८० बिहिबार २२:४, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओबीच भेटवार्ता भएको छ।

चीन भ्रमणमा रहेको निवर्तमान सभामुख सापकोटा नेतृत्वको माओवादी पार्टी प्रतिनिधि मण्डल र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोलीबीच विहिबार चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको हो। उनीहरुबीच सुरुमा एक्लाएक्लै र त्यसपछि पदाधिकारी सहित भेटवार्ता भएको थियो। 

उनीहरूकाबिच दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा छलफल भएको थियो। भेटमा चिनियाँ विदेश विभाग प्रमुख लिउले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले लिएको आर्थिक विकास र समृद्धिको लक्ष्यमा चीनले निरन्तर सहयोग गर्ने बताएका छन्।

जवाफमा उपाध्यक्ष सापकोटाले चीन नेपालको छिमेकी मात्र नभएर विकास साझेदार समेत भएको चर्चा गर्दै नेपालको आर्थिक सामाजिक विकासमा पुर्याएको सहयोगका लागि चीनलाई धन्यवाद दिए।

उनले आगामी दिनमा पनि चीनले सहयोग जारी राख्ने विश्वास व्यक्त गरेका थिए। 

जेठ ५ गते २० सदस्यीय सापकोटा नेतृत्वको पार्टी प्रतिनिधि मण्डल चीन प्रस्थान गरेको थियो। सुरुमा ल्हासा र मानसरोबरको भ्रमण एवं अवलोकन गरेको सापकोटा नेतृत्वको टोली अहिले राजधानी बेइजिङमा छ। भ्रमण सम्पन्न गरी प्रतिनिधि मण्डल १८ जेठमा स्वदेश फर्कने कार्यक्रम रहेको छ। 

भ्रमण टोलीमा पूर्व सभामुख सापकोटासहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आचार्य छन्। यसैगरी प्रदेश अध्यक्ष र केन्द्रीय नेताहरू पनि भ्रमण टोलीमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .