ad ad

राजनीति


नागरिकता विधेयक राष्ट्रपतिले तत्काल प्रमाणीकरण गर्नुपर्छ : विमलेन्द्र निधि

नागरिकता विधेयक राष्ट्रपतिले तत्काल प्रमाणीकरण गर्नुपर्छ : विमलेन्द्र निधि

फाइल तस्बिर


नेपालखबर
जेठ १०, २०८० बुधबार १२:२७, काठमाडौँ

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन्। 

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले उक्त विधेयक राष्ट्रपति पौडेललाई प्रमाणिकरणका लागि संविधान र कानुनी रुपमा कुनै पनि बाधा अड्चन नभएको दावी गरे। 

उनले संघीय संसदले दुईदुई पटक पारित गरेर पठाएको विधेयक प्रमाणिकरणका लागि आवश्यक सक्रियता देखाउन सरकारलाई पनि सुझाव दिए। 

‘आजको समाचार पत्रहरुमा सम्माननीय राष्ट्रपतिजीका, सम्माननीय प्रधानमन्त्री र मन्त्रीजीहरुबीच नागरिकता विधेयक प्रमाणिकरण गर्ने विषयमा छलफल भएको समाचारहरु सुन्यौँ। यो नागरिकता विधेयक प्रमाणिकरणका लागि कानुनी तथा संवैधानिक आधारहरु खोज्नु भएको छ रे भनेर सुनेको छु’, उनले भने,  ‘म सभामुखमार्फत सरकारको के ध्यानाकर्षण गराउन चाहन्छु भने र यो संसदमा प्रतिपक्षका सांसदहरुले पनि बोल्नु भएको छ। राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र मन्त्रीपरिषद नै हुन्छ। अब त्यो संसदबाट दुईदुई पटक पारित भएर गएको विधेयक संसदमा फिर्ता आउनु हुँदैन। त्यहीँबाट प्रमाणित हुनुपर्छ। मन्त्रिपरिषदले भनेपछि राष्ट्रपतिजीले बाधा पनि फुकाउनु परेन। यो संविधानसम्मत कुरा हो। त्यसकारण नागरिकता विधेयक तत्काल प्रमाणित गर्न लगाउने कुरामा सरकार सक्रिय हुनु पर्‍यो।’

नेता निधिले संघीय संसदले दुई दुई पटक पारित गरेर पठाएको सो विधेयक फेरि संसदमा आउन नहुने समेत बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .