ad ad

राजनीति


पूर्वराजा ज्ञानेन्द्रलाई तेस्रोपटक राजा हुने प्रयत्न नगर्न रघुजी पन्तको चेतावनी

पूर्वराजा ज्ञानेन्द्रलाई तेस्रोपटक राजा हुने प्रयत्न नगर्न रघुजी पन्तको चेतावनी

फाइल तस्बिर


नेपालखबर
जेठ ९, २०८० मंगलबार २०:०, काठमाडौँ

नेकपा एमालेका सांसद रघुजी पन्तले तेस्रो पटक राजा हुने प्रयत्न नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन्।

मंगलवार संघीय संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँगको संवादमा सांसद पन्तले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा हुने प्रयत्न नगर्न चेतावनी दिएका हुन्। उनले एउटा प्रक्रियाबाट राजतन्त्र नेपालबाट बिदा भइसकेको भन्दै राजतन्त्रको बिदाइ नेपाली जनताको चाहना भएको बताए।

‘ज्ञानेन्द्र दुइचोटी राजा हुनुभयो, तेस्रोचोटी राजा हुने प्रयत्न नगर्नुस्,' उनले भने, 'एउटा प्रक्रियाबाट राजतन्त्र बिदा गरिएको हो नेपाली जनताको चाहाना अनुसार। अन्त धेरै ठाउँमा क्रान्ति भएको ठाउँमा राजतन्त्र समुल पारेका छन्।'

शान्तिपूर्ण रूपले गद्दी छोडेको र दलहरुले पनि कुनै बदला नलिएकाले शाहलाई देशले पूर्वराष्ट्राध्यक्षको रूपमा सम्मान र सुरक्षा दिइएको उनको भनाइ थियो। राज्यले दिएको सम्मानको कदर पूर्वराजाले गर्नुपर्ने उनले बताए।

भूतपूर्व राष्ट्राध्यक्षको र"पमा शान्तिपूर्ण ढंगले पूर्वराजाको कुनै सम्पति पनि नखोसिएको उनले बताए। उनले भने, 'कसरी कमाउनुभएको छ भनेर खोजिनिति पनि गरिएको छैन। ती सबै कुरालाई शान्तिपूर्ण ढंगले समाधान गरियो र राजालाई पूर्वराष्ट्राध्यक्षको रुपमा देशले सम्मान, सुरक्षा दिएको छ। त्यसको राजाले कदर गर्नुपर्‍यो। राजीतिक लक्ष्य त्याग्नुपर्‍यो।'

राजनीति गर्न मन लागे संविधानले नरोकेको बताउँदै उनले पार्टी खोलेर चुनाव लडेर आउन सुझाव दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .