समाज


‘रिथिंक मोबिलिटी’ नारासहित मनाइयो सातौँ यूएन रोड सेफ्टी विक

‘रिथिंक मोबिलिटी’ नारासहित मनाइयो सातौँ यूएन रोड सेफ्टी विक

नेपालखबर
जेठ ९, २०८० मंगलबार २०:५, काठमाडौँ

सातौँ यूएन रोड सेफ्टी विक एक कार्यक्रमकाबीच समापन गरियो। ललितपुरको सानेपामा आयोजित ‘रिथिंक मोबिलिटीः च्यालेन्ज एण्ड अपर्चुनिटी’ भन्ने विषयमा बृहत छलफल गरी सो सप्ताहको समापन गरिएको हो।

अटो नेपाल म्यागजिन र नासा फाउण्डेसनको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता रोशन श्रेष्ठ र समन्वय गोविन्द भट्टराईले गरेका थिए, जहाँ समग्र कार्यक्रमको थिमको समीक्षा समेत गरिएको थियो।

समापन समारोहको वक्ताहरुमा नासा फाउण्डेशन नेपालका अध्यक्ष ई. कृष्ण सिंह बस्नेत, नाडा नेपालका प्रदिपमान प्रधान, नेपाल रेडक्रसकी डा. मनिता राजकर्णिकार, भिन्टेज मोटर्स नेपालका भुषण श्रेष्ठ थिए। त्यसैगरी नासा फाउण्डेसनकी कमला आचार्य, अटो नेपालका सम्पादक सरोज प्याकुरेलले समेत आ–आफ्नो धारणा राखेका थिए।

मे १५ अर्थात् जेठ १ गते काठमाडौँमा एक कार्यक्रमका साथ शुरुवात गरिएको सडक सुरक्षा सप्ताहमा अन्तरकृया, अध्ययन प्रतिवेदन सार्वजनिकीकरण, जनचेतनामूलक साइकल र्‍याली, साइक्लिङ्ग सुरक्षा, सार्वजनिक यातायात, पैदलयात्रीको सुरक्षा सम्बन्धि वर्कसपजस्ता कार्यक्रम सम्पन्न भए। त्यसै गरि मिडिया ओरिन्टेशन तथा रोड सेफ्टी अडिटको समेत यसै सप्ताहमा शुभारम्भ गरियो।

‘रिथिंक मोबिलिटी’ मूख्य नारा रहेको सप्ताहमा नासा नेपालको व्यवस्थापन, नेशनल एलायन्सको संयोजन तथा ग्लोवल एलाइन्स अफ एनजिओ फर रोड सेफ्टीको सहयोग रहेको थियो। नेपालभर यस अभियान सञ्चालन गर्ने क्रममा सञ्चारिका समूह गण्डकी, साइकल कल्चर मुभमेण्ट, धुलिखेल र विरेन्द्रनगर नगरपालिका तथा अन्य थुप्रै संघसंस्था संलग्न थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .