ad ad

राजनीति


उपेन्द्र यादव बने जसपा संसदीय दलको नेता

उपेन्द्र यादव बने जसपा संसदीय दलको नेता

फाइल तस्बिर


नेपालखबर
जेठ ८, २०८० सोमबार १५:५२, काठमाडौँ

उपेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा चयन भएका छन्।

गत वैशाख १० गते बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनबाट विजयी भएपछि उनी सोमबार बसेको संसदीय दलको बैठकबाट नेतामा चयन भएका हुन्।

गत मंसिर ४ मा भएको निर्वाचनमा यादव सप्तरी क्षेत्र नम्बर २ मा जमत पार्टीका डा. सीके राउतसँग पराजित भएका थिए। यादव पराजित भएपछि बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव दलको नेता बनेका थिए।

तर गत चैत ३ गते भएको उपराष्ट्रपतिको निर्वाचनमा उनी विजयी भएपछि जसपा दलको नेता पद खाली थियो।

सोमबार बसेको जसपा संसदीय दलको बैठकले यादवलाई सर्वसम्मत दलको नेता चयन गरेको हो।

सत्ता गठबन्धन सरकारमा अहिले पनि जसपाको भागमा परेको वन  तथा वातावरण मन्त्रालय खाली छ। जसपबाट अशोक राई शिक्षा मन्त्री छन्।

उक्त खाली मन्त्रालयमा जसपाले अहिलेसम्म मन्त्री पठाउन सकेको छैन। यस्तो दलको नेता चयन भएका यादव आफैं उपप्रधानमन्त्रीसमेत लिएर सरकारमा जान सक्ने बाटो खुलेको छ।

यदि यादव सरकारमा नगए डा. वीरेन्द्र महतो, राजकिशोर यादव र प्रदीप यादवमध्ये एकजना मन्त्री बन्न सक्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .