ad ad

राजनीति


नीति तथा कार्यक्रम कागजको खोस्टो मात्रै होइन, अहिलेको संकट टार्छ : माधव नेपाल

नीति तथा कार्यक्रम कागजको खोस्टो मात्रै होइन, अहिलेको संकट टार्छ : माधव नेपाल

फाइल तस्बिर


नेपालखबर
जेठ ८, २०८० सोमबार १२:३६, काठमाडौँ

सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत नीति तथा कार्यक्रम उत्कृष्ट रहेको बताएका छन्। 

सोमबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने जस्तो यो कागजको खोस्टा मात्रै नभएको जिकिर उनले गरे। 

ओलीले आइतवार मात्रै करिब डेढ घण्टा लामो मन्तब्य दिने क्रममा नीति तथा कार्यक्रम गन्तव्यहीन, उद्देश्यहीन भन्दै यसलाई फिर्ता गरेर पुनर्लेखन गर्नु पर्ने बताएका थिए। 

तर अध्यक्ष ओलीलाई जवाफ दिने क्रममा नेपालले नीति तथा कार्यक्रमलाई उत्कृष्ट भन्दै यसले अहिलेको आर्थिक संकटसहितका समस्याको समाधान गर्न सक्ने जिकिर गरे। 

‘मेरो नजरमा यो कागजको खोस्टो मात्रै होइन। जुनसुकै दस्तावेज पूर्ण हुन्छन् भन्ने होइन’, उनले भने, ‘नीति तथा कार्यक्रममा छलफल हुनुपर्छ। यसमा सुझावहरु आएपछि यो अझै परिस्कृत हुन्छ। यो नीति तथा कार्यक्रम पोजेटिभ र राम्रो छ। यसले देशको अहिलेको आर्थिक संकटसहितको समस्यालाई निकास दिन सक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .