समाज


स्कुलबाट घर फर्कंदा ट्रयाक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु

स्कुलबाट घर फर्कंदा ट्रयाक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु

नेपालखबर
जेठ ८, २०८० सोमबार १२:४०, काठमाडौँ

खोटाङमा ट्रयाक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु भएको छ। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको हो।

विद्यालय बिदा भएपछि आइतबार साँझ घर फर्कने क्रममा बाहुनीडाँडामा को२त ४६७६ नं को ट्याक्टरले किचिएर प्रधानाध्यापक राईको मृत्यु भएको हो।

ट्रयाक्टर चढ्न खोज्दा उनी खसेका थिए। खसेपछि ट्याक्टरको पछाडिको पाङ्ग्राले किचिएर राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए। प्रधानाध्यापक राईको मृत्युपछि प्रहरीले ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .