ad ad

राजनीति


मधेश सरकार तत्काल परिवर्तन नहुने, आलोपालो गर्ने गठबन्धनमा समझदारी

मधेश सरकार तत्काल परिवर्तन नहुने, आलोपालो गर्ने गठबन्धनमा समझदारी

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव (फाइल तस्बिर)


नेपालखबर
जेठ ५, २०८० शुक्रबार १६:३, काठमाडौँ

मधेश प्रदेश सरकारको नेतृत्व तत्काल परिवर्तन नहुने भएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका दलहरूबीचको बैठकले मधेश प्रदेश सरकार आलोपालोमा चलाउने समझदारी बनाएको हो। 

जस अनुसार अहिले जनता समाजवादी पार्टी (जसपा) ले नेतृत्व गरिरहेको सरकार केही समय कायम रहने छ। जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार तत्काल सरकार फेरबदल नगरी आलोपालो चलाउने दलहरूबीच समझदारी भएको हो। 

‘सरकार परिवर्तन नगर्ने र यसैलाई निरन्तरता दिने तर आलोपालो चलाउने समझदारी नेताहरूबीच बनेको छ,’ बस्नेतले नेपालखबरसँग भने, ‘अहिलेको सरकारमा लोसपा, एकीकृत समाजवादी, नेपाली कांग्रेस र माओवादी केन्द्र सहभागी हुनेछन्।’

जनमत पार्टीको हकमा भने कुनै टुंगो नलागेको उनले बताए। 

अध्यक्ष उपेन्द्र यादवको विरुद्धमा जनमत पार्टीले गत १० वैशाखमा भएको उपनिर्वाचनमा बारा–२ मा शिवचन्द्र कुशहवालाई उठाएको थियो। सत्ता गठबन्धनमै रहेपनि जनमत पार्टीले उम्मेदवारी दिएपछि उपेन्द्र बिच्किएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .