स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले पुस्तकालयसँग सम्बन्धित समस्या समाधान गर्न केन्द्रीय पुस्तकालय, त्रिविलाई ज्ञापन पत्र बुझाएको छ।
बिहीबार स्ववियु अध्यक्ष श्यामराज ओझासहितले केन्द्रीय पुस्तकालय पुगेर विभिन्न माग राखि ज्ञापन पत्र बुझाएको हो।
केन्द्रीय पुस्तकालय २४ नै घण्टा सञ्चालनमा ल्याउन आजैबाट आवश्यक काम थालनी गर्नुपर्ने माग विज्ञप्तिमा उल्लेख गरिएको छ। अहिलेलाई केन्द्रीय पुस्तकालयको समायवधि बढाएर दैनिक १६ घण्टासम्म सञ्चालन हुने व्यवस्था गर्न विज्ञप्तिमा माग गरिएको छ।
केन्द्रीय पुस्तकायमा त्रिविका केन्द्रीय विभागसँग सम्बन्धित आवश्यक पाठ्यपुस्तक उपलब्ध गराउन माग गरिएको छ।
यस्ता छन् मागहरूः


489
Shares

प्रतिक्रिया