ad ad

समाज


शरणार्थी प्रकरणमा पक्राउ परेका रिजाल र मियाँ दुई दिन हिरासत बस्ने

शरणार्थी प्रकरणमा पक्राउ परेका रिजाल र मियाँ दुई दिन हिरासत बस्ने

नेपालखबर
जेठ ४, २०८० बिहिबार २०:१०, काठमाडौँ

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणमा पक्राउ भुटानी नेता टेकनाथ रिजाललाई दुई दिन म्याद थप गरिएको छ।

बिहीबार पक्राउ परेका रिजाललाई प्रहरीले आजै काठमाडौं जिल्ला अदालत हाजिर गरेको थियो। जिल्ला अदालतले अनुसन्धानका लागि दुई दिन म्याद थप अनुमति दिएको हो।

यस्तै, आजै पक्राउ परेका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पनि दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। मियाँलाई प्रहरीले बिहीबार सिंहदरबारस्थित ऊर्जामन्त्रालय परिसरबाट पक्राउ गरेको हो।

यसअघि नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनाको पनि भोलिसम्म हिरासतमा रहनेगरी म्याद थप भएको थियो।

हालसम्म नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ।

यो प्रकरणमा यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा। इन्द्रजित राई, खाँणका निजी सचिव नरेन्द्र केसी पक्राउ परेका थिए।

त्यसैगरी नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पा, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप, रामशरण केसी, गोविन्द चौधरी, सागर राई, टंकबहादुर गुरुङ, केशव दुलाल र सानु भण्डारी पक्राउ परिसकेका छन्। यस्तै, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाले आत्मसमर्पण गरेका थिए।

पक्राउ पुर्जी जारी गरिएका अन्य दुईजना फरार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .