ad ad

राजनीति


द्वन्द्वकालको जघन्य अपराधमा संलग्नले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

द्वन्द्वकालको जघन्य अपराधमा संलग्नले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

संसद बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ ४, २०८० बिहिबार १३:३०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका काम शान्ति सम्झौताको मर्मअनुसार समाधान गर्न सरकार दृढ रहेको बताएका छन्। 

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले सोधेको प्रश्नको उत्तर दिने क्रममा उनले यस्तो बताएका हुन्। 

‘जनयुद्ध र जनआन्दोलका घाइतेलाई परिपूरण र पुनर्स्थपानाको काम अघि बढ्नेछ। सरकारको तर्फबाट बृहत् राजनीतिक सहमतिका लागि निरन्तर प्रयास गरेको छु’, उनले भने, ‘विस्तृत शान्ति सम्झौतासँग सम्बन्धित कुराहरुलाई सहमतिमै मिलाउनुपर्छ। शान्तिप्रक्रियाका बाँकी काम सक्न सरकार दृढ छ।’

उनले शान्ति सम्झौतामा हस्ताक्षर गरेका नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले अब पछाडि फर्केर हेर्न ठीक नहुने बताएको पनि उनले सुनाए। 

‘गिरिजाप्रसाद र मैले शान्ति सम्झौतामा हस्ताक्षर गर्दै गर्दा विस्तृत शान्ति सम्झौतालाई अन्तरिम संविधानको अंग बनाएपछि बेपत्ता छानबिन र सत्यनिरुपणको काम एकै पटक सक्नुपर्छ भनेको हो’, उनले भने, ‘गिरिजाप्रसादले यो समस्यालाई बाँकी राख्न नहुने बताइरहनु हुन्थ्यो। फर्गिभ र फर्गेट गरौँ भन्नु भएको थियो। छानबिनमा लाग्दा शान्ति प्रक्रियामा समस्या आउँछ भन्ने उहाँको धारणा थियो।’

प्रधानमन्त्री प्रचण्डले द्वन्द्वकालमा जघन्य अपराधमा संलग्नहरुलाई कुनै पनि हालतमा उन्मुक्ति नदिने कुरामा सरकार दृढ रहेको पनि बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .