ad ad

राजनीति


ओलीको कटाक्ष : कांग्रेस भन्ने एउटा पार्टी छ हावा न चावाको (भिडिओ)

ओलीको कटाक्ष : कांग्रेस भन्ने एउटा पार्टी छ हावा न चावाको (भिडिओ)

मदन-आश्रित स्मृति दिवसमा केपी ओली। तस्बिर : दिनेश भण्डारी


नेपालखबर
जेठ ३, २०८० बुधबार १२:११, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको परिस्थिति चिन्ताजनक रहेको बताएका छन्। 

बुधबार काठमाडौंमा मदन-आश्रितको ३१ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले अहिलेको सा गठबन्धन सत्तामा मात्रै सीमित रहेको उल्लेख गरे। उनले अहिलेको सत्ता गठबन्धनले राजनीतिलाई हलुका रुपमा लिइरहेको बताए।

ओलीले नेपाली कांग्रेसलाई राजनीतिक संज्ञा दिन पनि मन नलाग्ने स्थितिमा पुगेको बताए

कांग्रेस किंकर्तव्यबिमुढ भएको आरोप पनि उनले लगाए। ओलीले अहिलेको गठबन्धन सत्ता र सरकार प्राप्त गर्नमात्रै गरिएको बताए। 

उनले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र नेतृत्वको वर्तमान गठबन्धन नीति, कार्यक्रम, उद्देश्यबिहीन गठबन्धन भएको बताए।

‘अहिलेको राजनीतिलाई जसरी अत्यन्तै हल्काफुल्का ढंगले लिइएको छ, मानिसहरुको लिन खोजिरहेका छन्, खासगरी सत्ताधारीहरुले, सत्ताधारी गठबन्धनले त्यो दुःखद् कुरा हो। देशको परिस्थिति अत्यन्त गम्भीर छ। अत्यन्त जटिल छ। कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावा भन्या। कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छोडिसक्यो’, उनले भने,  ‘देश यस्तो गम्भीर परिस्थितिमा छ। एउटा लामो इतिहास बोकेको कांग्रेस किंकर्तव्यबिमुढ भएको छ। भोलि कहाँ जाने केही थाहा छैन, आज कसरी देशलाई सही बाटोमा लैजाने सोच्ने अवस्थामा छैन।’

उनले एमाले एक्लैले देशको अभिभारा धान्नुपर्ने अवस्था आएको बताए। ‘यसको अर्थ हाम्रो पार्टी एक्लैले यो अभिभारा वस्तुतः पूरा गर्नुपर्ने परिस्थिति बनेको छ, यो सहज छैन। हामी कसैसँग कहिल्यै मिल्दैनौँ भन्ने होइन तर सत्ता गठनका लागि मिल्ने कुरा हुँदैन’, ओलीले अगाडि भने,  ‘देश, जनता, सुशासन, परिवर्तनका लागि हामी कोहीसँग मिल्न सक्छौँ। अहिलेको गठबन्धन सत्ता, सरकार प्राप्त गर्न गरिएको गठबन्धन हो, सत्ताधारी हो। नीति, कार्यक्रम, उद्देश्यविहीन गठबन्धन हो, कार्यक्रमविहीन गठबन्धन हो।’

अध्यक्ष ओलीले राजनीति भयावह अवस्थाबाट गुज्रिरहेको बताए। उनले अहिलेको सत्ता गठबन्धन टिक्छ की जान्छ भन्नेमा मात्रै सीमित रहेको दाबी गरे। 

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .