स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेत आगामी जेठ ७ गते स्विजरल्याण्ड जाने भएका छन्।
जेठ ७ गतेदेखि १६ गतेसम्म स्विजरल्याण्डको जेनेभामा आयोजना हुने ७६ वल्र्ड हेल्थ एसेम्ली डब्लुएचए ७६ कार्यक्रममा सहभागी हुन स्वास्थ्यमन्त्री त्यसतर्फ जाने सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भ्रमण स्वीकृत गरेको हो।
मन्त्री बस्नेतसँगै अतिरिक्त सचिव डा. विकास देवकोटालाई कार्यक्रममा सहभागी हुन स्वीकृति दिने निर्णय भएको मन्त्री शर्माले बताइन्।
54
Shares

प्रतिक्रिया