ad ad

राजनीति


सरकारले भन्यो- प्रधानमन्त्रीको भारत भ्रमणसँग नागरिकता विधेयक जोड्न मिल्दैन

सरकारले भन्यो- प्रधानमन्त्रीको भारत भ्रमणसँग नागरिकता विधेयक जोड्न मिल्दैन

नेपालखबर
जेठ २, २०८० मंगलबार १८:२२, काठमाडौँ

सरकारले प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणसँग नागरिकता विधेयकको विषय नजोडिएको प्रष्ट पारेको छ। सरकारको प्रवक्ता समेत रहेकी सूचना, प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको भारतभ्रमणसँग नागरिकता विधेयकलाई जोड्नुपर्ने कुनै कारण नरहेको पनि बताइन्। 

नागरिकताको विषयलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग जोडिँदैन। यसको कुनै कारण नै छैन। आवश्यक नै छैन। यो हाम्रो विषय हो,’ शर्माले भनिन्।

साथै, उनले नागरिकताको विषय सरकारको भन्दा पनि जनताको हतारोको विषय रहेको बताइन्।

‘नागरिकताको विषय सरकारको हतारको विषय होइन। यो आम नागरिकको हतारोको विषय हो। कयौं जनताहरू नागरिकता नपाउँदा पाउनुपर्नेहरुले पनि प्राप्त गरेका छैनन,’ उनले भनिन्, ‘हामीलाई दिनदिनै नागरिकता प्राप्त गर्न नसकेका व्यक्तिहरूबाट गुनासो आइरहेको छ। हाम्रो कानुनी मान्यता नहुँदा त्यसमा समस्या आइरहेको छ। हामी अघिल्लो संसदबाट नै यो विषय टुंग्याउन चाहन्थ्यौं।’

यो विषयमा मन्त्रिपरिषद्मा पनि छलफल भएको भन्दै सरकारले प्रमाणीकरणका लागि राष्ट्रपतिलाई कुनै दबाब नदिएको पनि उनले बताइन्। 

‘यो विषय हामीले क्याबिनेटमा पनि गृहमन्त्रीज्युसँग कुराकानी गरेका छौं। यो संवेदनशील विषयलाई भारत भ्रमणसँग जोड्नुको कुनै औचित्य छैन,’ उनले भनिन्, ‘सरकारले राष्ट्रपतिलाई प्रेसर गरेको छैन। यो अफवाह मात्र हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .