ad ad

राजनीति


माघे सक्रान्तिमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

माघे सक्रान्तिमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

नेपालखबर
पुस २५, २०७६ शुक्रबार १२:१३,

गण्डकी प्रदेशमा माघे सक्रान्तिका दिन सार्वजनिक बिदा हुने भएको छ।

मन्त्रिपरिषद्को यही २४ गते पोखरामा बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्पmत सार्वजनिक गर्दै प्रवक्ता बस्नेतले बिदाको निर्णयसहित विभिन्न आठ वटा निर्णय गरेको बताए। बैठकले प्रदेश दुग्ध विकास बोर्डको सदस्यसचिवमा ग्रिष्म न्यौपानेलाई नियुक्ति गर्ने निर्णय गरेको छ।

त्यस्तै बैठकले कर्मचारीको पदस्थापन तथा सरुवासम्बन्धी मापदण्ड २०७६ स्वीकृत गर्ने, प्रदेश समन्वय परिषद्को बैठक खर्चको रकमान्तर स्वीकृत र खर्च गर्ने, होमस्टे (घरवास) सञ्चालन र व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति दिनेलगायतका निर्णय गरेको उनले जानकारी दिए।

गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानसम्बन्धी विधेयक स्वीकृत गर्दै आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्पmत प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको बस्नेतले जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .