ad ad

राजनीति


रविले फेरि खुलाए सीईओको विज्ञापन, आकर्षक तलब दिइने

रविले फेरि खुलाए सीईओको विज्ञापन, आकर्षक तलब दिइने

नेपालखबर
जेठ २, २०८० मंगलबार १३:२५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनस्थित कार्यालयका लागि फेरि प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग मागेका छन्। 

चुनावी प्रतिबद्धताअनुसार विदेशमा बसेर विज्ञता लिएका नेपालीलाई स्वदेश फर्किने वातावरण बनाउन सीईओ माग गरिएको रविले जनाएका छन्। उनका अनुसार उक्त पदका लागि जेठ १५ गतेभित्र दरखास्त दिनुपर्नेछ।

रविले यसअघि गत पुस ८ मै सीईओ मागेका थिए। तर माघ १३ गते सांसद पद गएपछि रोकिएको थियो।  

‘अब त्यसलाई फेरि सुरु गर्ने बेला आएको छ। विदेशमा रहनुभएका व्यवस्थापनमा दख्खल राख्ने, स्वदेशमा केही गर्न इच्छुक व्यक्तिको हामीलाई खाँचो छ। सीईओ भएर विकास, सुशासन, व्यवस्थापन लगायत सम्पूर्ण कार्यभार सम्हाल्न सक्नेलाई अतिआकर्षक तलब तथा सुविधासहित नेपाल भित्र्याउन इच्छुक छौँ’, उनले विज्ञापनमा भनेका छन्। 

चितवनलाई कर्म क्षेत्र बनाएर काम गर्न चाहनेले ई-मेलमार्फत आफ्नो व्यक्तिगत विवरण पठाउन भनिएको छ। पहिले दरखास्त दिइसकेकाले फेरि दिइरहनुनपर्ने उनले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .