ad ad

राजनीति


प्रधानमन्त्रीले बोलाए सत्ता गठबन्धन दलको बैठक, दिउँसो २ बजे बस्ने

प्रधानमन्त्रीले बोलाए सत्ता गठबन्धन दलको बैठक, दिउँसो २ बजे बस्ने

फाइल तस्बिर


नेपालखबर
जेठ २, २०८० मंगलबार १२:४३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तासाझेदार १० दलको बैठक डाकेका छन्।

बैठक मंगलबार दिउँसो २ बजे सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने भएको छ।

उक्त बैठकमा आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको नीति तथा कार्यक्रममाथि छलफल गर्ने तयारी छ। प्रधानमन्त्रीले यो बैठकमा नीति तथा कार्यक्रमबारे साझेदार दलहरुको सुझाव लिने उनको सचिवालयले जनाएको छ।

गठबन्धन सरकारले यही जेठ ५ गते नीति तथा  कार्यक्रम ल्याउने तयारी गरेको छ। उक्त नीति तथा कार्यक्रम प्रधानमन्त्रीले नै वाचन गर्ने तयारी छ

सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्र,नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आमजनता पार्टी र नागरिक उन्मुक्ति पार्टी छन्।

जेठ ५ गते नीति तथा कार्यक्रम आएपछि आगामी जेठ १५ गते बजेट ल्याइँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .