ad ad

समाज


आगलागीमा ५ बाख्रा र एक गोरु मरे

आगलागीमा ५ बाख्रा र एक गोरु मरे

नेपालखबर
जेठ २, २०८० मंगलबार १२:४८, काठमाडौँ

दैलेखको भैरवी गाउँपालिका–२ रावतकोट बस्ने रामबहादुर थापाको घरमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मंगलबार बिहान साढे २ बजेको समयमा आगलागी भएको हो।

५४ वर्षीय थापाको ढुङ्गा माटोले बनेको दुई तले कच्ची घरमा आगलागी हुँदा २ लाख ५० हजार बराबरको मालसामान क्षति भएको प्रहरीले जनाएको छ। 

आगलागीबाट घरसँगै जोडिएको गोठमा रहेका पाँचवटा बाख्रा र एक वटा गोरु मरेका छन्। एक वटा गोरु आगोबाट जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। साथै थापाको एक लाख २० हजार बरारबारको काठको दार जलेर नष्ट भएको छ। 

आगलागीमा मानवीय क्षति भने भएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .