राजनीति


नक्कली शरणार्थी प्रकरणबारे आरजुको आक्रोश : ‘दिस इज रेप अफ माई क्यारेक्टर’

नक्कली शरणार्थी प्रकरणबारे आरजुको आक्रोश : ‘दिस इज रेप अफ माई क्यारेक्टर’

नेपालखबर
जेठ १, २०८० सोमबार १४:४३, काठमाडौँ

नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सार्वजनिक भएको अडियो फेक भएको जिकिर गरेकी छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै राणाले आफूले उजुरी दिएको ६ दिनसम्म पनि अडियोको सत्यतथ्य नल्याइएकोमा आक्रोश पोखिन्।

‘फेक अडिओ मेरोमात्रै बनेको होइन। अरु अरुको पनि बनेको छ। तर, नाम मेरोमात्रै उच्चरण किन हुन्छ?’ उनले भनिन्, ‘मलाई साच्चै भन्ने हो भने एज अ वुमन यो एउटा क्यारेक्टर असासिनेसन होइन, दिस इज रेप अफ माई क्यारेक्टर।

प्रतिनिधि सभा सदस्य राणाले फेक न्युज र फेक मिडियाको पराकाष्ट पुगेको भन्दै आपत्ति जनाइन्।

उनले भनन्, ‘आज म यहाँ उपस्थित भएको सबैले देखिरहनुभएकै होला। म फिजिकल फर्ममा यहाँ छु। हाम्रो देशमा फेक न्युज र फेक मिडियाको परकाष्टै पुगिसकेको रहेछ। म त्यति सोसल मिडियामा एक्टिभ छैन। तर, यो देख्दा मलाई के लाग्यो भने हाम्रो देशमा हुने फेक मिडियाको कुनै न कुनै किसिमले सरकारको सुपरभिजन हुनुपर्यो।’

यस्तै, उनले सो सम्बन्धी उजुरी दर्ता गर्न पनि आफूलाई गाह्रो भएको बताइन्।

‘मैले ६ दिन अगाडि मेरो नाम लिएर भुटानी शरणार्थी प्रकरणमा इनभल्भ भनेर बनाइएको फेक अडिओ फोरेन्सिक टेस्टको लागि सीबीआई र साइबर क्राइम सेलमा दिएको थिएँ’ उनले भनिन्, ‘त्यो दर्ता गर्न पनि मानिएको थिएन। साथीहरुले विश्वास गर्नु हुन्न होला, सत्तापक्षको यत्रो ठूलो नेताको श्रीमती भनेर। तीन घण्टा लाग्यो दर्ता गराउन। त्यसको पनि जवाफ म गृह मन्त्रालयबाट सिक गर्न चाहन्छु।’

उनले महिलाहरुमाथि मिडियाले अनेक लाञ्छना लगाएर आत्महत्या गर्न बाध्य पार्ने गरेको बताइन्।

राजनीतिमा आउँदादेखि नै आफूले त्यस्ता व्यहार भोग्दै आएको उल्लेख पनि गरिन्।

‘एकदम कडाईका साथ भन्छु वुमनलाई पोलिटिक्समा आउदाखेरी सबै कुरा हामीले ब्यहोर्न सक्नु पर्छ। म ब्यहोरी राछु। तर सबै जनाको यो यस्तो किसिमको सबै महिला प्रति नगरियोस् यो देशमा’ उनले भनिन्, ‘यो भन्दा अगाडि पनि धेरै महिलालाई सुसाइट गर्नलाई फोर्स गरिएको छ मिडियाले। म चैं त्यो भिक्टिम हुने महिला होइन। बट दिस इज अ रेप अफ माई क्यारेक्टर।’

सांसद रणाले चाँडै नै यो टेपको सत्यतथ्य उजागर गर्न माग पनि गरिन्। साथै, नक्कली शरणार्थी प्रकरणमा जति जनाको नाम आएको छ, सत्यतथ्य पत्ता लगाउनुपर्ने बताइन्।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .