ad ad

राजनीति


शरणार्थी प्रकरणमा खबरदारी गर्दै स्वर्णिमले सुनाए भ्रष्टाचारको शास्त्रीय परिभाषा

शरणार्थी प्रकरणमा खबरदारी गर्दै स्वर्णिमले सुनाए भ्रष्टाचारको शास्त्रीय परिभाषा

फाइल तस्बिर : सांसद स्वर्णिम वाग्ले


नेपालखबर
जेठ १, २०८० सोमबार १४:१५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा‍. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरण विश्वसनीय ढंगले टुंगो लगाउन खबरदारी गरेका छन्।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा उनले शरणार्थी प्रकरणमा संदिग्ध सबै छानबिनको दायरामा ल्याउनु पर्नेमा जोड दिए।

‘शरणार्थी प्रकरणमा संदिग्ध सबै छानबिनको दायरामा ल्याइनुपर्दछ,’ वाग्लेले भने, ‘र, यस प्रकरणको विश्वसनीय टुंगो लागोस् भन्ने खबरदारी गर्न चाहेँ।’ 

निजी लाभका लागि सार्वजनिक पदको दुरुपयोग गर्ने परिपाटी नेपालमा व्यापक रहेको र आधारभूत विकास निर्माणमा हरेक दिन देख्न सकिने उनको दाबी छ। 

‘भ्रष्टाचारको एउटा शास्त्रीय परिभाषा छ– निजी लाभका लागि सार्वजनिक पदको दुरुपयोग। तर, नेपालमा यसको प्रभाव व्यापक छ, जुन आधारभूत विकास निर्माणमा हामी हरेक दिन देख्दछौँ,’ उनले भने। 

आफ्नो निर्वाचन क्षेत्र तनहुँ–१ मा दर्जनौँ आयोजना अलपत्र परेको उनले बताए।

‘मेरो निर्वाचन क्षेत्र तनहुँ–१ मा दर्जनौ ठूला विकासका आयोजनाहरु अलपत्र छन्,’ निर्वाचन क्षेत्रका अलपत्र आयोजनाको नामै उच्चरण गरेर वाग्लेले भने, ‘भ्रष्टाचारले सडक नबन्ने मात्र होइन, बनेका सडक पनि सुरक्षित छैनन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .