मोरङको सुन्दरहरैचा नगरपालिका विराटचौकमा रहेका २ वटा बैंकहरुबाट पासवर्ड ह्याक गरेर पैसा निकाल्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटचौक ५ बस्ने वर्ष ३६ को देवराज सिग्देल रहेका छन्।
सुन्दरहरैचा नगरपालिका ४ दुलारीस्थित रमेश आचार्यले आफ्नै नाममा दर्ता गरेर आफ्नै घरमा सञ्चालन गर्दै आएको आरए भिजन एकाएन्ट सोलुसन प्रालि फर्मका एकाउन्टेन समेत रहेका सिग्देलले रमेश आचार्यको नबिल बैंक शाखा कार्यालय विराटचौकमा रहेको खाताबाट पासवर्ड ह्याक गरी विभिन्न मितिमा २८ हजार एक सय निकालेका थिए।
यस्तै, आचार्यका काका स्थानीय ओमनाथ आचार्यको माछापुच्छ्रे बैंक शाखा कार्यालय विराटचौकमा रहेको खाताबाट पासवर्ड ह्याक गरी विभिन्न मितिमा ६६ हजार आठ रुपैयाँ निकालेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सिग्देलको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ।
Shares
प्रतिक्रिया