राजनीति


राजतन्त्र र हिन्दू राष्ट्रबारे छलफल गर्न राप्रपाको बैठक बस्दै

राजतन्त्र र हिन्दू राष्ट्रबारे छलफल गर्न राप्रपाको बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
जेठ १, २०८० सोमबार ११:४०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको वैठक आज प्रारम्भ हुँदैछ।

सोमबार ११:३० बजे बैठक डाकिएको छ। बैठक एसआर बैंकट धुम्बाराहीमा केहीबेरमा सुरु गर्ने तयारी गरिएको छ।

देशमा चौतर्फी संकट आएको भन्दै राजसंस्था सहितको प्रजातन्त्र, सनातन हिन्दुराष्ट्र, भ्रष्टाचारमुक्त प्रशासन, सुशासन, विकास र आर्थिक समृद्धीका मुद्दामा योजनावद्ध ढंगले अघि बढ्न बैठकले विस्तृत छलफल गर्ने राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले बताए ।

प्रवक्ता लावतीका अनुसार, ठूलाठूला घोटाला र भ्रष्टाचारका अपराधमा दण्डहिनताको अन्त्य, चुस्त दुरुस्त पार्टी संगठन र आन्दोलन लगायतका विषयमा वैठकले आगामी कार्यदिशा र कार्यभार समेत तय गर्नेछ ।

एस आर बैंकेट, धुम्बाराहीमा तीन दिन चल्ने बैठकमा राजनीतिक, संगठन र आन्तरिक विषयगत प्रतिवेदनहरू प्रस्तुत हुनेछ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .