ad ad

राजनीति


प्रतिगमन मुर्दावाद भनेर मात्र राजनीतिको रक्षा हुँदैन् : उपप्रधानमन्त्री श्रेष्ठ

प्रतिगमन मुर्दावाद भनेर मात्र राजनीतिको रक्षा हुँदैन् : उपप्रधानमन्त्री श्रेष्ठ

नेपालखबर
बैशाख ३०, २०८० शनिबार २०:१०, काठमाडौँ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिगमन मुर्दावाद भनेर मात्र राजनीतिक परिर्वनको रक्षा गर्न नसकिने बताएका छन्।

लोक साहित्य परिषद्का प्रमुख संस्थापक एवं वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीको १०४औँ जन्मजयन्तीको अवसरमा ललितपुरको मङ्गल बजारमा लोक साहित्य परिषद्द्वारा आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली जनताको आवश्यकता र नेपाली राजनीतिक परिवर्तनले दिएको निर्देशनअनुसार लक्ष्य हासिल गर्न नसकेकाले यस सन्दर्भमा जस्तोसुकै समस्याको समाधान गर्दै समृद्धिको लक्ष्य हासिल गर्ने ठाउँमा पुग्ने बताए।

‘राजनीतिक पार्टी र नेता नबदलिएसम्म देश नबदलिने जनतालाई थाह छ। जनताले हामीलाई त्यही सन्देश दिइरहेका छन्। यसलाई आत्मसात गरी भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहितको सुशासन पहिलो सर्त भएकाले भ्रष्टाचारको जालो तोड्नु आवश्यक छ,’ उनले भने। 

कमिसन र भ्रष्टाचारको जालोलाई तोड्न नसके सुशासनको स्थापन गर्न नसकिने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ। अहिलेको सरकार सुशासनलाई स्थापित गर्न, समृद्धिको यात्रालाई तीव्र बनाउन र सामाजिक न्याय स्थापित गर्न दृढ रुपमा लागि परेको उनले बताए।
    
स्व जोशीलाई राष्ट्रिय नायकको रुपमा स्थापित गर्नका लागि सरकारका तर्फबाट के गर्न सकिन्छ त्यो बारेमा गम्भीर पहलकदमी थाल्ने उपप्रधानमन्त्री श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .