ad ad

राजनीति


पार्टीसँग मदन राईको कुनै सम्बन्ध छैन, उनलाई कारबाही हुनुपर्छ : रास्वपा

पार्टीसँग मदन राईको कुनै सम्बन्ध छैन, उनलाई कारबाही हुनुपर्छ : रास्वपा

नेपालखबर
बैशाख २९, २०८० शुक्रबार २१:२३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका खोटाङका मदन राईसँग पार्टीको कुनै पनि सम्बन्ध नरहेको स्पष्ट पारेको छ। 

आफूलाई कृषिविज्ञका रुपमा चिनाउँदै राईसँग जाडेर आएका प्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको पनि रास्वपाले जनाएको छ। 

‘हाम्रो पार्टीले भाद्र ११, २०७९ मा खुला मञ्चमा गरेको उपत्यका भेलामा उहाँलाई अतिथि वक्ताका रुपमा स्थान दिइएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यसमेत नरहेका राईलाई अध्ययन र अनुभवले कृषि विज्ञका रुपमा निम्ता गरिनु तत्कालिन अवस्थामा अस्वभाविक थिएन,’ रास्वपाले भनेको छ, ‘सो कार्यक्रम पश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीसँग मदन राईको  कुनै पनि किसिमको सम्बन्ध नरहेको जानकारी गराउँदछौँ।’

साथै, मदन राईले किशोर किशोरीसँग गरेको दुर्व्यवहार निन्दनीय भएको जनाउँदै कानुन बमोजिम कारबाही हुनुपर्नेमा रास्वपा स्पष्ट रहेको पनि विज्ञप्तिमार्फत बताइएको छ।

७५ वर्षीय मदनले खोलेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएसँगै उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .