ad ad

राजनीति


स्वर्णिमलाई राजेन्द्र बजगाईंको जवाफ : तपाईंलाई नियुक्ति दिएर घोषणा पत्र लेखाएका थियौँ

स्वर्णिमलाई राजेन्द्र बजगाईंको जवाफ : तपाईंलाई नियुक्ति दिएर घोषणा पत्र लेखाएका थियौँ

नेपालखबर
बैशाख २६, २०८० मंगलबार १२:२१, काठमाडौँ

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेलाई संसदको मर्यादा कायम गर्न सुझाव दिएका छन्। 

आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि जारी मंगलबारको छलफलका क्रममा उनले डा. वाग्लेले सोमबार संसदमा दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै मर्यादा कायम गर्न सुझाव दिएका हुन्। 

वाग्लेले सोमबारको छलफलका क्रममा कांग्रेसको चुनावी घोषणापत्र आफूले लेखिदिएको बताउँदै त्यसमा भएका आर्थिक सुधारका पाटाहरूलाई कार्यान्वयन गर्न सुझाव दिएका थिए। 

‘नेपाली कांग्रेसको घोषणापत्र पढ्नुभएको होला हाम्रा अर्थमन्त्रीज्यूले, मैले पनि पढेको छु, मैले पनि धेरैबहुत लेखिदिएकै हो,’ उनले भनेका थिए, ‘त्यहाँ ओम्निबस आर्थिक सुधारको कुरा गरिएका छन्। आफ्नै घोषणापत्र पढेर कार्यान्वयनमा उतार्नुहोला। यो हैरानी र झन्झटको दुश्चक्रबाट अर्थतन्त्रलाई बाहिर ल्याउनुपर्ने छ।’

कांग्रेस सांसद बजगाईंले उनको यही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै मर्यादा कायम राख्न सुझाएका हुन्।  

‘हामीले हाम्रो घोषणापत्र तयार गर्दैगर्दा नेपाली कांग्रेसका तत्कालीन अर्थशास्त्री माननीय वाग्लेजीलाई सहयोग माग्यौँ। त्यहाँबाट निस्किसकेपछि मैले बनाइदिएको घोषणापत्र प्रतिबिम्बित गर्नुपर्‍थ्यो भनेर यो सदनमा उभिएर भन्नुभयो,’ उनले भने, ‘त्यो छुच्याईँ हाम्रा अग्रजहरुले जानेका होइनन् र थिएनन्। म यहाँलाई फेरि पनि स्मरण गर्न चाहन्छु मोटिभेसनल फी भनेको हामीले नियुक्ति प्रदान गर्यौँ। त्यसमा ख्याल गर्नुहोला। तपाईं पनि यो सदनमा प्रवेश गरिरहनुभएको छ। मर्यादा कायम गर्नुहोला।’ 

बजगाईंले २००८ सालमा पहिलोपटक कांग्रेस नेतृत्वको सरकारले नेपालको पहिलो बजेट ल्याउँदा तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरले अंग्रेजहरुको सहयोग लिएको स्मरण गराए। 

‘सुवर्णज्यूले कुनै मोटिभेसनल फि नराखिकन अंग्रेजहरुसँग अर्थ मन्त्रालयको बजेट तर्जुमा गर्दा सहयोग लिनुभएको रहेछ,’ उनले भने, ‘पश्चिमा देशहरुमा मोटिभेसनल फी भनेको एक किसिमले उच्चस्तरको घुस जस्तो मानिने रहेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .