ad ad

राजनीति


सांसदहरूले अर्थमन्त्री खोजेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

सांसदहरूले अर्थमन्त्री खोजेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

सोमबार बसेको प्रतिनिधिसभा बैठक। तस्बिर : सरोज बैजु


नेपालखबर
बैशाख २५, २०८० सोमबार १४:१७, काठमाडौँ

प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ।

सभामा अर्थमन्त्री डा. प्रकाशशरण महत नभएको भन्दै प्रतिपक्ष दलका सांसदहरुले बिरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगन गरिएको हो।

बैठकमा आव २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भइरहेको थियो।

छलफलकै क्रममा अर्थमन्त्री महत बैठकमा अनुपस्थित भएसँगै बैठक सञ्चालमा प्रतिपक्ष दलका सांसदहरुले अवरोध गरेका हुन्।

बैठक स्थगन बारे जानकारी दिँदै सभामुख देवराज घिमिरेले भने, ‘केही प्राविधिक समस्याको कारणले अर्थमन्त्रीज्यूको उपस्थिति केही कारणले ढिला भइरहेको हुँदाखेरी १५ मिनेटको लागि यो बैठक स्थगन हुन्छ। त्यसपछाडी फेरि सुचारु हुनेछ।’

बैठक १५ मिनेट पछि सुचारु हुने सभामुख घिमिरेको भनाई छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .