राजनीति


सांसद अमरेश सिंहले संसदमै लुगा फुकाले (भिडिओ)

सांसद अमरेश सिंहले संसदमै लुगा फुकाले (भिडिओ)

संसद बैठकमा लुगा फुकाल्दै डा. अमरेश सिंह। तस्बिर : सरोज बैजु


नेपालखबर
बैशाख २५, २०८० सोमबार ११:३०, काठमाडौँ

स्वतन्त्र सांसद डा. अमरेश सिंहले संसद बैठकमै लुगा फुकालेका छन्। 

सोमबार बसेको संसद बैठक सुरु हुनेबित्तिकै विरोधमा उत्रिएका उनले शरीरको माथिल्लो भागको सबै लुगा खोलेका हुन्। 

संसद बैठकमा आफ्नो आशनबाट उठेर उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कारबाही चेतावनी दिए। 

उनको व्यवहारलाई अशिष्ट, अश्लील र असभ्य भन्दै सभामुख घिमिरेले संसद नियमवालीको नियम ३० अन्तर्गत कारबाही गर्ने पनि चेतावनी दिए।

घिमिरेले यस्तो व्यवहार गरेमा आफूले थप कारबाही चलाउने चेतावनी पनि सिंहलाई दिएका छन्। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .