नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आरोपित जुनसुकै पार्टीको भएपनि दोषि देखिएमा कारबाही हुनुपर्ने बताएका छन्।
आइतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै डा. कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस, एमाले, माओवादी भन्न नमिल्ने बताए।
उनले भने, ‘उनीहरु माथि कारबाही हुनुपर्यो, साबित भएको खण्डमा जो सुकै होस्। कुनै पार्टीको होस्, कांग्रेस, माओवादी, एमाले जो पार्टीका पनि दोषि छन् भने त कारबाही हुनुपर्यो। स्पष्ट छ। कानूनी दायराभित्रै बसेर हामी काम गर्न चाहन्छौँ। गल्ती गरेका छन् भने कारबाही गर्नैपर्यो। सरकार ढले ढलोस् तर कानूनी दायराभित्र बस्नुपर्यो।’
उनले सरकार ढलेपनि दोषिलाई कानूनी दायरामा ल्याउनुपर्ने बताए।
21
Shares
प्रतिक्रिया