बागमती प्रदेशको आर्थिक वर्ष २०८०/८१ को नीति योजना कार्यक्रमको छलफलको लागि सर्वदलीय बैठक बस्ने भएको छ।
सोमबार सर्वदलीय बैठक बोलाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
आउँदो आर्थिक वर्षको बजेट निर्माणको लागि मुख्यमन्त्री कार्यालयले सर्वदलीय बैठक बोलाएको मुख्यमन्त्री शालिकराम जम्कट्टेलका राजनीतिक सल्लाहकार डिपी ढकालले जानकारी दिए।
बैठकमा बागमती प्रदेशसभामा सहभागी रहेका ७ वटै राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहने उनले बताए।
15
Shares
प्रतिक्रिया