ad ad

राजनीति


प्रधानमन्त्रीले अब हरेक महिना सांसदहरूलाई जवाफ दिनुपर्ने

प्रधानमन्त्रीले अब हरेक महिना सांसदहरूलाई जवाफ दिनुपर्ने

नेपालखबर
बैशाख २४, २०८० आइतबार १४:२३, काठमाडौँ

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठ महिनादेखि सुरु हुने बताएका छन्।

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकमा उनले नियमावलीअनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठ महिनादेखि सुरु हुने बताएका हुन्।

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि कानुन मन्त्री, दलका प्रमुख सचेतकहरु सँग छलफल गरेर समय निर्धारण गरिने सभामुख घिमिरेको भनाइ थियो।

‘नियमावलीअनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठ महिनादेखि सुरु हुन्छ,’ बैठकमा उनले भने, ‘कानुनमन्त्री, मुख्य सचेतकसँग छलफल गरेर समय निर्धारण हुन्छ।’

सरकार संसदप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिँदै घिमिरेले प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिलाई पनि कानुनमन्त्रीमार्फत् सरकारको ध्यानाकर्षण गराउने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .