ad ad

राजनीति


वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने कांग्रेसको तयारी

वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने कांग्रेसको तयारी

नेपालखबर
बैशाख २२, २०८० शुक्रबार १८:४५, काठमाडौँ

नेपाली कांग्रेसले वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी गरेको छ। सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको शुक्रबार बसेको पदाधिकारी बैठकमा वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने बारे छलफल भएको छ। 

बैठकपछि अर्थमन्त्रीसमेत रहेका प्रवक्ता डा. प्रकाशशरण महतले वैशाख २८–२९ गते तिर बैठक बोलाउने सम्भावना रहेको जानकारी दिए। तर, मिति भने तय भइनसकेको उनको भनाइ छ। 

प्रवक्ता महतले पार्टीका भ्रातृ संगठनहरुलाई पूर्णता दिने गृहकार्य जारी रहेको र गृहकार्य पूरा भए पनि केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी गरिएको बताए। 

‘भ्रातृ संगठनहरुलाई पूर्णता दिने, विभागहरु गठन गर्ने गृहकार्य सुरु भएको छ,’ उनले भने, ‘गृहकार्य पूरा गरेर केन्द्रीय कार्यसमिति बैठक चाँडै बोलाउँछौँ। २८–२९ गते बैठक राखेर अपूर्ण संरचनाहरुलाई पूर्णता दिने तयारी छ।’ 

भातृ संगठनलाई पूर्णता दिने र विभागहरु गठन गर्नका लागि सुझाव संकलन गरेर सूचीहरू तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको महतको भनाइ छ। 

‘सुझाव संकलनहरु गरेर सूचीहरु तयार गर्ने काम अन्तिम स्टेजमा पुगेको छ,’ उनले भने, ‘विभाग प्रमुख केन्द्रीय सदस्य हुने व्यवस्था छ। संयोजक टुंगो लागेर विस्तार गर्ने कुराहरु केही समयमै हुन्छ। पूर्णता चाँडै पाउँछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .