नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेको सरुवा भएको छ।
आज (बुधबार) बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई अतिरिक्तमा तानेको हो।
पाण्डेलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएर ठगी कार्यमा संलग्न रहेको आरोपमा आजै पक्राउ गरिएको छ।
मन्त्रिपरिषद्को बैठकले केही सचिव हेरफेर गर्ने निर्णय गरेको हो।
बैठकले अर्थसचिव तोयम रायलाई उपराष्ट्रपति कार्यालय पठाएको छ भने अर्थमा अर्जुन पोखरेललाई ल्याएको छ। पोखरेल हाल रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए।
408
Shares

प्रतिक्रिया