राजनीति


बैंक र वित्तीय संस्था ‘नव शोषक’को रूपमा उदाएः पर्यटनमन्त्री किराँती

बैंक र वित्तीय संस्था ‘नव शोषक’को रूपमा उदाएः पर्यटनमन्त्री किराँती

नेपालखबर
बैशाख १६, २०८० शनिबार १४:८, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले बैंक तथा वित्तिय संस्था‘नयाँ शोषक’का रूपमा उदाएको बताए।

बैंक तथा वित्तीय संस्थाहरूले कम्प्युटर लिएर गाउँ जाने र त्यहाँका आमाहरूलाई ऋण दिएर डोरीमा पासो लगाउन बाध्य पारेको आरोप उनले लगाए। होटल एशोशिएशन अफ नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले छोराछोरीहरूलाई मोबाइल किन्न लिएको ऋण तिर्नका लागि गाउँले आमाहरूको घरखेत उठेको र पछि चिन्ताले डोरीमा पासो लगाउने स्थिति बनेको उनको भनाइ थियो।

'१२ कक्षा पढेपछि सबै विद्यार्थीहरू विदेश जान्छन्। १२ कक्षा पढेपछि विद्यार्थीहरू किन जान्छन् विदेश? पैसा छैन। बैंकले लगानी दिन्छ पछि मिटरमा ब्याज लिन्छ, फेरि उसले पैसा फर्काएर लान्छ,' उनले भने, 'नयाँ शोषक आएको छ नि त कम्प्युटर बोकेर। महँगो ब्याज बोकेर, कम्प्युटर ठोकेर।'

अगाडि उनले भने, 'पहिला त दौरासुरुवाल लगाएर जुँगामा ताउ लगाउँदै तमसुक बोकेर आउथे शोसक। अहिले त कम्प्युटर बोकेर पो आउँछ। गाउँगाउँ पुगेको छ वित्तीय संस्थाहरू।'

आमाहरूले जमानी बसेर छोराछोरीलाई वित्तीय संस्थाबाट ऋण लिने गरेको र पछि त्यही ऋण तिर्ननसक्दा मर्न बाध्य भएको उनले बताए। 'आमाहरूलाई राखेर ऋण दिन्छ। बिचरा आमालाई छोराछोरीहरूले मोबाईल माग्छ। अनि, जमानी बसेर ऋण लिएर मोबाइल किनिदिन्छ,' उनले भने, 'अर्को महिनादेखि तिर्नुपर्छ, आयस्रोत छैन। अर्को महिनादेखि बाख्रा तानिन्छ। गाई तानिन्छ। थाल बोटुको टिपिन्छ । आमा चिन्ताले खोलामा गएर डोरी लगाएर पासो लाग्छ। यो कथा धेरै छ गाउँमा।'

उनले पहिले शोषकहरू दौरासुरुवाल लगाएर तमसुक बोकेर आउने गरेको र अहिलेको नयाँ शोषक भने कम्प्युटर लिएर गाउँ जाने गरेको उनले बताए। सहरमा पनि बैंक तथा वित्तीय संस्थाहरूको ब्याज तिर्न नसकेर सर्वसाधारणले सास्ती व्यहोर्नु परेको उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .