राजनीति


नेतृत्वमा धनवादी पुगे, खोकी लाग्दैमा विदेश जान थाले: लोहनी

नेतृत्वमा धनवादी पुगे, खोकी लाग्दैमा विदेश जान थाले: लोहनी

नेपालखबर
बैशाख १६, २०८० शनिबार १४:३२, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशको नेतृत्वमा धनवादीहरूको प्रवेश भएको बताएका छन्।

शनिबार माइतीघर मण्डलामा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल पुगेका उनले नेताहरू सत्ताको लुछाचुँडीमा मात्रै केन्द्रित भएको बताए। उनले नेपालमा नै उपचार हुनसक्ने कुरामा करोडौँ खर्च गरेर विदेश पठाइएकोप्रति पनि असन्तुष्टि जनाए।

उनले वर्तमान नेताहरूलाई छोटे राजाको संज्ञा दिँदै सरकार र नेतृत्वले मनोमानी गरिहरहेको आरोप लगाए। 'नेताहरूलाई करोडौँ रुपैयाँ दिएर विदेशमा उपचार गराउन पठाउने तर आविष्कारको क्षेत्रमा लगानी नगरेर वैज्ञानिक समाजवाद कसरी आउँछ?' उनले प्रश्न गरे।

वर्तमान राज्यसत्ता थोरै मानिसको हितको लागि मात्रै भएको उनको भनाइ थियो।

सत्ताशक्तिमा पुगेकाहरू छोटे राजा भएको बताउँदै उनले नेपालमा नै उपचार हुनसक्ने थुप्रै मान्छेलाई पनि करोडौँ खर्चिएर विदेश उपचार पठाइएको बताए। 

'खोकी लाग्यो भने बेलायत, अमेरिका र भारत जाने, करोडौँ खर्च गर्न जाने, नेपालीको स्तर उकास्त काम गर्न नदिने यही हो वैज्ञानिक समाजवाद?' उनले भने, 'सत्ताको लुछाचुँडी र धनवादीहरूको प्रवेश भएको छ।'

पूर्वअध्यक्ष लोहनीले अयोग्य लडाकुलाई अर्बौं रुपैयाँ छुट्याउनसक्ने सरकारले आविष्कार प्रवर्द्धनका लागि बजेट छुट्याउन सक्दिनँ भन्नु नाटक भएको समेत बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .