ad ad

राजनीति


अनेरास्ववियु लमजुङले विद्यार्थी कुटेपछि कारवाही गर्न नेविसंघको माग, अन्यथा आफैँ ‘एक्सन’मा उत्रिने चेतावनी

अनेरास्ववियु लमजुङले विद्यार्थी कुटेपछि कारवाही गर्न नेविसंघको माग, अन्यथा आफैँ ‘एक्सन’मा उत्रिने चेतावनी

नेपालखबर
बैशाख १६, २०८० शनिबार १०:३३, काठमाडौँ

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आफ्ना कार्यकर्तालाई कुटेको भन्दै नेविसंघ कृषि विज्ञान अध्ययन संस्थान लमजुङ इकाई समितले आपत्ति जनाएको छ।

शुक्रबार (वैशाख १५) गते क्याम्पसमा हुने नियमित आन्तरिक परीक्षा दिन जाने क्रममा दोस्रो र चौंथो सत्रका विद्यार्थी नेविसंघमा आवद्ध विद्यार्थीलाई अनेरास्वियुका विद्यार्थीले सांघातिक आक्रमण गरी ज्यान मार्ने धम्की दिएको भन्दै नेविसंघले कारवाहीका लमजङ क्याम्पसलाई अनुरोध गरेको छ।

विज्ञप्तिमा क्याम्पस परिसरमै पुगेर अनेरास्वियुका सुर्य क्षेत्री, कुशल पौडेल, विज्ञान पौडेल, प्रदिप सापकोटा, मदन रिजाल, सुलभ बस्याल, प्रविन रोमी, सुवास बेदान्त घिमिरे, सुरेश राज अवस्थी, बिराज सुवेदी, प्रविन चौधरी, निकाश धर्ती, कमल भण्डारी, सुजन राना मगर शुशिल पौडेल, राज सुवेदी, महतरा, क्षितिज रानाभाटलगायतले नेविसंघका विद्यार्थीमाथि आक्रमण गरेको बताइएको छ।

अनेरास्ववियुका ७०-८० जना विद्यार्थीहरू ढुङ्गा, रड, क्रिकेट ब्याट र स्टम्प बोकेर होस्टेल तथा क्याम्पस परिसरमा पुगेको आरोप लगाइएको छ।

आक्रमणबाट नेविसंघका सदिश सिम्खडा, जोनिश श्रेष्ठ, सौरभ उप्रेती, आशिष पौडेल, हेम नारायण रसाइली, एरिन थापा, सन्दिप श्रेष्ठ, गोविन्द चौधरी, आदित्य विक्रम बुढाथोकी, सुधाम्बु लामिछाने, यज्ञराज जैशी, बन्दना बराई, करुना थापा, परिता भण्डारी, स्मृति पौडेल, सरिश्मा श्रेष्ठ, छोइसाङ माया तामाङ घाइते भएको बताइएको छ।

नेविसंघ लमजुङ सभापति सुनिल बस्नेतले निकालेको विज्ञप्ति आक्रमणकारीलाई यथाशीघ्र कारवाही गर्न माग गरिएको छ, अन्यथा आफैँ कारवाहीका लागि एक्सनमा उत्रिने चेतावनी दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .