ad ad

खेल


वर्षाका कारण रोकियो नेपाल र कुवेतबीचको सेमिफाइनल खेल

वर्षाका कारण रोकियो नेपाल र कुवेतबीचको सेमिफाइनल खेल

तस्बिर: सरोज नेपाल/नेपालखबर


नेपालखबर
बैशाख १६, २०८० शनिबार १०:४९, काठमाडौँ

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाका कारण प्रभावित भएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो। 

कप्तान रोहित पौडेल ३० र कुशल मल्ल ३२ रनमा नटआउट छन्। 

मध्यक्रमका ब्याटर रोहित र कुशलले नेपालको इनिङ्स सम्हालिरहेका छन्। रोहित र कुशलले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेका छन्। 

उत्कृष्ट सुरुआत गरेको नेपालले ३ रन बनाउन ३ विकेट गुमाएको थियो। पहिलो विकेटका लागि कुशल र आशिफले ७७ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए।

३९ बलमा ७ चौका र १ छक्काको मद्दतमा ४३ रन बनाएर कुशल क्याच आउट भए। त्यसपछि ३ रन जोड्न नेपालले भीम सार्की र आशिफ शेखलाई गुमायो।

आशिफ शेख ३१ रन बनाउँदा क्याच आउट भए। २८ बलको सामना गरेका आशिफले १ चौका र ३ छक्का हाने। तेस्रो नम्बरमा ब्याटिङमा आएका भिम सार्की १ रनमा क्याच आउट भए। 

कुवेतका लागि एडनास एड्रसले २ तथा मोहम्मद मनिवले एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .