बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मदेवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मतान्तर फराकिलो बनाउँदै लगेका छन्।
जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहको अग्रता रोक्दै अघि बढेका यादवले पछिल्लो मतपरिणाम अनुसार ३ हजार ७८१ मत प्राप्त गरेका छन्।
उनीहरूबीचको मतान्तर ८०० छ।
कलैयाको शिक्षा तालिम केन्द्रमा भइरहेको मतगणनाको पछिल्लो परिणामअनुसार कुशवाहा २ हजार ९८१ मत ल्याएर यादवलाई पछ्याइरहेका छन्।
उता नेकपा एमालेका पुरुषोत्तम पौडेल १ हजार ६४० मतसहित तेस्रो स्थानमा छन्।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले ७०८ मत ल्याएका छन्।
138
Shares

प्रतिक्रिया