तनहुँ क्षेत्र नम्बर १ को मतगणना अन्तिम चरणमा छ। अहिले तनहुँको व्यास नगरपालिकाको मतगणना जारी छ।
व्यास नगरपालिका ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले १ हजार १ सय ५३ मत प्राप्त गरेका छन्। यो वडामा जम्मा १ हजार ७ सय ३३ मत गणना भएको छ।
वाग्लेलाई नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले पछ्याएका छन्। भट्टराईले यो वडाबाट ४२४ मत प्राप्त गरेका छन्।
यो एकीकृत समाजवादीका नेता किसान श्रेष्ठको नामावली समावेश भएको वडा हो।
यहाँ नेकपा एमालेका सर्वेन्द्र खनालले १२१ मत प्राप्त गरेका छन्।
195
Shares

प्रतिक्रिया